उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । केही दिन यता स्वास्थ्यमा अचानक समस्या आएपछि उपराष्ट्रपति यादवलाई निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालको निगरानीमा निवास र वीर अस्पतालमा राखेर उपचार गरिएको थियो ।
तर, बुधबार गरिएको डेंगु परीक्षणमा संक्रमण पुष्टि भएको हो । उपराष्ट्रपति यादवका निजी चिकित्सक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सिलवालका अनुसार अहिले उनलाई काठमाडौंको बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा भर्ना गरिएको छ । उनको छातीको एक्स-रे गरिएकोमा रिपोर्ट राम्रो आएको डा. सिलवालले जानकारी दिए । उनको उपचारमा डा. सिलवालसँगै सिभिल अस्तालका विशेषज्ञ चिकित्सकहरु खटिएका छन् ।
डा. यादव सुरुदेखि नै सरकारी अस्पतालमा उपचार गराउँदै आएका छन् । यसअघि पनि उनले वीर अस्पतालमा भर्ना भएर आफ्नो उपचार गराएका थिए । अहिले डेंगु संक्रमण पुष्टि भएपछि सिभिलमै बसेर उपचार गराएका हुन् ।