बझाङ केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ ।
बझाङको भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यराति १२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गएिको छ । मध्यराति भूकम्प जाँदा मानिसहरु त्रसित हुँदै घरबाहिर निस्किएका थिए ।
सुदूरपश्चिम प्रदेशको बझाङमा १६ असोजमा ६.३ रेक्टर स्केलको भूकम्प गएपछि लगातार परकम्पहरु गइरहेका छन् ।
१६ असोजमा गएको भूकम्पको कारण बझाङ एक जनाको मृत्यु हुनुका साथै ३० जना भन्दा धेरै घाइते भएका थिए । भूकम्पले धेरै भौतिक संरचना पनि क्षतिग्रस्त बनेका छन् ।