माधव नेपालसहितको एकता आवश्यक : वामदेव गौतम

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीका मुख्य नेतालाई कारबाही गरेर एकता नहुने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पार्टी केन्द्रीय कमिटीको १३ औं बैठकमा उपाध्यक्ष गौतमले भने, ‘माधव नेपाल पार्टीका वरिष्ठ नेता हुनुहुन्छ । त्यसैले उहाँलाई सम्मानजनक व्यवहार गर्नुपर्छ । त्यसो गरिएन भने पार्टीको तल्लो पंक्ति भड्किन्छ । र, पार्टी तहसनहस हुन पुग्छ ।’ एकतामा जोड दिँदै उनले भने, ‘अहिले पार्टी आधा–आधा विभाजित हुन पुगेको छ । पार्टीमा मित्रघातको भावना कसैले पनि राख्नु हुँदैन ।’

अहिले माधव नेपाललाई सम्मानपूर्वक व्यवहार गरेर पार्टी एकतालाई सुदृढ गर्नु एमाले र स्वयम् पार्टी अध्ययक्ष तथा प्रधानमन्त्री केपी शर्माको समेत हितमा छ उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार