यूनाइटेड सिमेन्ट्सले प्राप्त गर्यो नेपालकै सर्वोत्कृष्ट ग्रेडको गुणस्तर प्रमाण-पत्र

यूनाइटेड सिमेन्ट्स प्रा. लि., द्वारा उत्पादित ‘यूनाइटेड सिमेन्ट्स’ ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण-पत्र प्राप्त गरेको छ ।

५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरु मध्ये सबैभन्दा उत्कृष्ट ग्रेड हो । यो दर्जा प्राप्त गरे सँगै यूनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठुलो फड्को मारेको छ । ५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो ।

नेपालमा मात्र नभई विदेशका ठूला ठुला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुँदै आएको छ । पारिवारिक घर निर्माण सहित गगन चुम्बी महलदेखि, हाइड्रो पावर ड्याम, टनेल, विशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु, बाटो निर्माणमा समेत यो सिमेन्ट ढुक्क सँग प्रयोग गर्न सकिन्छ ।

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरि, आफै क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले विगत ६ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ । ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेसँगै आफ्ना ग्राहकहरुको गुणस्तरप्रतिको विश्वासलाई अझ मजबुत बनाउने कुरामा यस उद्योग ढुक्क रहेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार