राज्यमन्त्री सुमन शर्माले दिइन् राजीनामा

लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) को प्रदेशसभा सदस्य समेत रहेकी  भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।

सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा बसेर निरन्तरता दिन नसकेको उनको राजीनामा पत्रमा उल्लेख छ । लुम्बिनीमा जसपाका ६ सांसद रहेकोमा ४ सांसद मन्त्री बनेका थिए ।

उनीसहित जसपाका चार सांसदले समर्थन गरेका कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो । उनले राजीनामा दिएसँगै प्रदेश सरकारलाई बहुमत पुर्याउन थप समस्या आउने अनुमान गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार