माओवादी केन्द्र निकट विद्यार्थी संगठन ब्युँतियो, रञ्जित नै अध्यक्ष

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ब्युँताइएको छ । बिहिबार केन्द्रीय कार्यालय बागबजारमा बसेको अनेरास्ववियू (क्रान्तिकारी) को पदाधिकारी बैठकले केन्द्रीय कमिटी ब्युँताउने निर्णय गरेको सचिवालय सदस्य दिपेश पुनले जानकारी दिए ।

फागुन २३ गतेको सर्वोच्च अदालतको निर्णयपछि तीन वर्षअघि एकता भएको माओवादी केन्द्र र एमाले फेरि अलग भएका हुन् । माउ पार्टी छुट्टिएपछि विद्यार्थी संगठनहरु पनि अलग भएका हुन् । यसअघि एमाले निकट अनेरास्ववियुसँगको एकतापछि अनेरास्ववियू नाम राखिएको थियो । पुनस्स्थापित अनेरास्ववियू (क्रान्तिकारी) को नेतृत्व रञ्जित तामाङले नै गर्ने छन् । अनेरास्ववियू (क्रान्तिकारी) को तत्कालीन केन्द्रीय कमिटी १ सय ५७ सदस्यीय रहेको छ ।

क्रान्तिकारीको उपाध्यक्षहरुमा बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी, विजय गौतम, पञ्चा सिंह, दिपेश पुन, इन्द्र भुषाल, रविकिरण यादव छन् । त्यस्तै महासचिवमा उत्तम अधिकारी र उपमहासचिवमा जीपी मैनाली र तुकमान महरा रहेका छन् ।

सचिवमा नरेश रेग्मी, पवन कार्की, मदन भट्टराई, सूर्यनारायण शाह, क्षितिज सापकोटा, नारायण खनाल, अम्मरराज शाही, राजकुमार लिम्बू, अच्युत भट्ट, गजेन्द्र देव, प्रविणा अधिकारी, मदन भुल र कोषाध्यक्षको जिम्मेवारीमा केशव रावल छन् । पदाधिकारी बैठकले चैत १४ गते काठमाडौंमा केन्द्रीय कमिटीको विस्तारित बैठक आयोजना गर्ने निर्णय समेत गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार