सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार असार २६ बाट

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार असार २६ गतेबाट हुने भएको छ । सिटिजन्सले विराटनगरमा रहेको सिर्जनालाई एक्वायर गर्ने सबै प्रक्रिया पूरा गरेको छ ।

दुवैलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब सिटिजन्स बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

दुवै संस्थाहरुको जेठ २७ गते सम्पन्न विशेष साधारणसभाले प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका थिए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००:९५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ । सिर्जनाको १०० सय कित्ता सेयर हुनेले अब सिटिजन्सको नाममा ९५ कित्ता सेयर पाउनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार