प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । मंगलबार बझाङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि परिषद् अध्यक्ष रहेका प्रधामनन्त्री प्रचण्डले बैठक बोलाएका हुन् ।
बिहीबार बिहान ८ बजे सिंहदरबारस्थित विपद् व्यवस्थापन प्राधिकरणमा बस्ने बैठकमा भूकम्प पीडित तथा प्रभावितकहरुको लागि रहात र पुनर्स्थापना र संरचना पुनर्निर्माणका बारेमा छलफल हुनेछ ।
बैठक बस्नुपूर्व बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।