नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको आफ्ना २३ सांसदको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो ।
माधव पक्षका १५ जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट निवेदन समेत दिएका छन् ।