एक सातादेखि घटिरहेको सुनको मूल्यमा लाग्यो ब्रेक, तोलामा ३०० रुपैयाँले बढ्यो

एक सातादेखि घटिरहेको सुनको मूल्यमा ब्रेक लाग्दै बुधबार तोलामा ३०० रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यससँगै गएको साताको मंगलबारदेखि सुनको घट्दो मूल्यमा ब्रेक लागेको छ । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

गत साताको मंगलबार सुनको मूल्य १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला १ लाख ११ हजारमा कारोबार हुँदा बिहीबार १ लाख ९ हजार ६०० पुगेको थियो । शुक्रबार १ लाख ८ हजार ८०० र गत आइतबार प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम हुँदा सोमबार १ लाख ७ हजार ९०० रुपैयाँ थियो ।

सुनको कारोबार मूल्यमा घटबढ भए पनि चाँदी स्थिर छ । मंगलबार प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार