कांग्रेस सभापति देउवा अस्वस्थ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा समस्या देखिएको छ । देउवा तीन दिनदेखि अस्वस्थ रहेको कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । 

उनले भने, ‘‘तीन दिनदेखि सभापतिज्यू अस्वस्थ हुनुहुन्छ । राजनीतिक भेटघाट बन्द गर्नु भएको छ । सुरुमा रुघाखोकी लागेको थियो । टन्सिल बढ्यो । हल्लाका ज्वरो पनि आयो। ‘टन्सिल भएपछि बोल्न गाह्रो हुँदा भेटघाट बन्द गर्नु भएको हो । अहिले उहाँ आराम गरिरहनु भएको छ।”

देउवाले आफ्नो निवास धुम्बाराहीमै स्वास्थ्य परीक्षण गरेका थिए । अहिले स्वास्थ्य अवस्था सामान्य नै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार