रिगललाई आममाफी दिएको विरोधमा भारतीले सुरु गरिन् अनशन

श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई सरकारले दिएको कैद मिनाहाविरुद्ध भारती मानन्धरले अनशन थालेकी छन् ।

भारतीले बुधबार बिहानदेखि माइतीघर मण्डलमा अनशन सुरू गरेकी हुन् । उनले श्रीमानको हत्या गर्नेलाई पुनस् जेलमा पठाउनुपर्ने बताइन् ।

भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो ।

०७५ भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

भारतीले आममाफी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी छन् । आज उनको मुद्दाको प्रारम्भिक सुनुवाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार