भेप प्रकरणः सीआईबीले गरायो पूर्वसभामुख महरालाई बयान कागज

विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई बयान कागज गराएको छ ।

तस्कर समूहसँग महराका छोरा राहुलको सम्बन्ध देखिएको भन्दै प्रहरीले गत भदौ १३ मा उनलाई पक्राउ गरेको थियो ।

पूर्वसभामुख महरामाथि भने पक्राउ गरेर छानबिन नभएको भन्दै चौतर्फी विरोध भएपछि सीआईबीले कागज बयान लिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार