बझाङ भूकम्प अपडेटः एक महिला बेपत्ता, १३ जना घाइते

मंगलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण पहिरो जाँदा एक महिला बेपत्ता भएकी छन् ।

प्रहरीका अनुसार जयपृथ्वी नगरपालिका–११ ओखलीकी ४० वर्षीया गुनमति धामी बेपत्ता भएकी हुन् ।

उनी मंगलबार दिउँसो टिमुर टिप्न जंगल गएकी थिइन् । घर नफर्किएपछि उनको खोजी भइरहेको छ । उनी गएको ठाउँमा पहिरो गएको छ । उनी पहिरोमा परेर बेपत्ता भएको हुनसक्ने अनुमान भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले बताए । उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

भुकम्पमा परि अन्य १३ जना घाइते भएका छन् । तीमध्ये दुई जनालाई थप उपचारको लागि धनगढी पठाइएको प्रहरीले बतायो ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैनपुर केन्द्रविन्दु आसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस्तै सदरमुकाम र विभिन्न स्थानीय तहका दर्जनौं घरहरूमा क्षति भएको छ । सदरमुकामका पक्की घरहरू चर्किएका छन् । गाउँका कच्ची घर तथा विद्यालयहरू भत्किएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार