कर्फ्यूकै बीच पनि झडप भएपछि नेपालगञ्जमा सेना परिचालन

बाँकेको नेपालगञ्जमा सेना परिचालन गरिएको छ । हिन्दु र मुस्लिमबीच हिंसा भड्किने सम्भावना बढेपछि आज दिउँसोबाट नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो ।

कर्फ्यूकै बीच पनि दुई समूहबीचको झडप भएपछि सेना नै परिचालन गर्नुपरेको हो । दिउँसो दुई समूहबीच ढुंगा हानाहान भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन अश्रुग्याससमेत प्रहार गरेको थियो ।

तीन दिनअघि सामाजिक सञ्जालमा लेखेको विषयमा असन्तुष्टि बढ्दै गएपछि यहाँ दुई समुदायबीच तनाव बढेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार