हत्यारालाई आममाफी दिएर राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण रोक्न माग गर्दै रास्वपाले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेको छ ।
रास्वपा संसदीय दलका उपनेता डीपी अर्याल, निशा डाँगी र अशोककुमार चौधरीले मंगलवार प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।
‘राजनीति स्वार्थ केन्द्रित सरकारको सिफारिस संवैधानिक बाध्यताका कारण कार्यान्वयन गर्दा राष्ट्रपतिजस्तो सम्माननीय संस्थाको बदनाम न्युनीकरणका लागि’ संकल्प प्रस्ताव ल्याउनु परेको रास्वपाले जनाएको छ ।
रास्वपाले विषयको गाम्भीर्यतालाई ध्यान दिएर तत्काल छलफल अगाडि बढाउन सभामुखको ध्यानाकर्षण गराएको छ ।
संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट व्यक्ति हत्यामा संलग्नलाई आममाफी दिइएको भन्दै रास्वाले विरोध जनाउँदै आएको छ ।
सोमवार मात्र रास्वपा सभापति रवि लामिछानेलगायत सांसदले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए ।
असोज १६ गते मंगलवार नै संकल्प प्रस्ताव दर्ता भइसकेको छ ।