भक्तपुरमा मंगलबार बिहान नवजात शिशु मृत फेला परेका छन् ।
भक्तपुर नगरपालिका-१ सृजनानगर यातायात व्यवस्था विभाग पछाडि हनुमन्ते खोला किनारमा सालनालसहित नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
खोला किनारमा शिशु घोप्टो परी मृत अवस्थामा फेला परेको स्थानीयले खबर गरेपछि प्रहरी वृत्त जगातीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
डिएसपी पाठकका अनुसार घटनाका बारेमा अनुसन्धान अघि बढाइएको छ ।