कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबाबु पुर्पक्षका लागि थुनामा

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका श्यामबाबु सापकोटा पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

सोमबार काठमाडौं जिल्ला अदालतको आदेशले सापकोटालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्‍युतमणि न्यौपानेले जानकारी दिए । उनलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ ।

भदौ २० गते रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा यादबमाथी खुकुरी प्रहार भएको थियो । आक्रमणकारी सापकोटालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो। सापकोटाले राजसंस्था पक्षमा नाराबाजी गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार