उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अपशब्दसहित फेसबुकमार्फत गाली गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका-२ बस्ने दीपक गलामीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री श्रेष्ठविरुद्ध अपशब्द लेखेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रमुख निरीक्षक प्रदीप पौडेलले गलामीलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
गृहमन्त्रीविरुद्ध समाजका अन्य सदस्यहरुले समेत पचाउन नसक्ने अपशब्द लेखेपछि आवश्यक कारबाहीका लागि गलामीलाई पक्राउ गरिएको पौडेलले जानकारी दिए ।