वामदेव एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटारमा

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम सहभागी हुने भएका छन् । गौतम नेकपा (एमाले) को २०७५ जेठ ३ गते पुर्वको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार गएको उनको सचिवालयले जनाएको छ।

२०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेदेखि गौतम तटस्थ बनेका छन्। केन्द्रिय कमिटीको १३ औं बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ। यद्यपि एमालेको खनाल–नेपाल समूह भने बैठकमा सहभागी नहुने भएको छ। एमालेलाई २०७५ जेठ २ को अवस्थामा नफर्काएको भन्दै उक्त समूहको असन्तुष्टि छ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार