खेतको आली मिलाउँदै गरेका पटेलको हात्तीको आक्रमणबाट मृत्यु

बारामा जङ्गली हात्तीको आक्रमणमा परेर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बिहान कलैया उपमहानगरपालिका- २ अवधापुरका ४५ वर्षीय रामदेव पटेलको हात्तीको आक्रमणबाट हो ।

मानववस्तीभन्दा करिब १५ किलोमिटर टाढा रहेको पर्सा राष्ट्रिय निकुन्जको जंगलबाट गाँउमा पसेको हात्तीले पटेललाई आक्रमण गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।

बिहान साढे ८ बजेतिर खेतमा काम गर्न गएका बेला पटेललाई हात्तीले आक्रमण गरेको र उपचारका लागि जिल्ला अस्पाल कलैया ल्याउँदै गर्दा उनको मृत्यु भएको मिश्रले जानकारी दिए ।

स्थानीयका अनुसार बिहान धान रोपाईंका लागि खेतको आली मिलाउँदै गरेका बेला पटेललाई खेतछेउकै उखुबारीबाट अचानक निस्केको हात्तीले सुडँमा बेरेर थेचारेको थियो ।

उक्त हात्ती अहिले गाँउकै छेउछाउमा रहेकाले हात्तीलाई नियन्त्रणमा लिनका लागि निकुन्जको टोलीलाई खबर गरिएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार