शंकास्पद कागजात पेश गरेर जापान पठाउने १४ म्यानपावर कम्पनी

वैदेशिक रोजगार विभागले जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृत लिएको भन्दै १४ म्यानपावर कम्पनीलाई निलम्बन गरेको छ ।

विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार यस सम्बन्धमा प्रारम्भिक अनुसन्धान भइरहेको छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को ७ बमोजिम १४ वटा संस्था निलम्बन भएका छन् भने अन्य संस्थाको हकमा अनुसन्धान जारी रहने निर्णय सोमबार भएको उनले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार