बाबा ग्यास उद्योगमा बाढी पस्यो, खोलामा तैरिँदै बगे सिलिन्डर

Sunrise Bank Middle Size

खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पु-याएको छ । कयर खोलाले उद्योगमा क्षति पु-याएको हो । उद्योगका निर्देशक विमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर बगाएका छन् ।

उनले भने, “यहाँका सिलिण्डर बगाएर सौराहा सम्म पुगेका छन् ।” बाढीले उद्योगको संरचनामा नोक्सान पु-याएको छ । उद्योगमा १० देखि १५ हजार सिलिण्डर रहन्छ । के कति सिलिण्डर बगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा यकिन भइसकेको छैन । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाले पूर्वी चितवनको खैरहनीसँगै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताए ।

स्थानीय खोलाहरु बढेर पुलहरु उच्च जोखिममा रहेको उनले बताए । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्वी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १, २, ३, ८ र ९ सँगै रत्ननगर नगरपालिकाको वडा नम्बर ३ शान्ति चोक डुबानमा परेको छ । कतिपयलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको उनले बताए ।

लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले बगाएको छ । लोथर र राप्ती खोलासमेत बढ्दै गएको भन्दै उनले सौराहा पनि डुवानको खतरामा रहेको जानकारी दिए ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...