पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती– १२ को पर्खाल भन्ने स्थानमा माथिबाट पहिरो खसेर दुई घर बगाउँदा घर भित्र रहेका चार जनालाई पहिरोले बगाएको थियो ।
ती मध्ये एक जना पुरुषको शव घटनास्थलबाट ५० मीटर तल फेला परेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन । हराएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी कालिका नगरपालिका– ११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोले बगाएर मृत्यु भएको छ । आफन्तकहाँ जाने क्रममा उनलाई पहिरोले बगाएको जनाइएको छ ।