जगदम्बा मोटर्सले सार्वजनिक गर्‍यो ‘प्रोटोन एक्स ७०’, यस्ता छन् विशेषता

जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको बहु–प्रतिक्षित मोडल “प्रोटोन एक्स ७० ‘ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

भर्चुअल कार्यक्रमको उद्घाटन गर्दै शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले प्रोटोनको सेवा, सुविधा, पाठपुर्जाको उपलब्धता र विश्वसनियताबारे प्रतिबद्धता जनाउँदै चाँडै नै प्रोटोनको सेल्स र सर्भिसलाई डिलरमार्फत मुलुकभर पुर्याउने बताएका छन् ।

प्रिमियम इन्टेलिजेन्ट एसयूभीको नामबाट प्रसिद्धि कमाएको यस गाडीमा रहेको इन्टेलिजेन्ट किले ढोका बन्द गर्ने र खोल्ने काम सजिलै गर्छ । यदि ढोका राम्रोसँग लक भएको छैन भने त्यसको सूचना दिन्छ जसले गाडीभित्र रहेको सामान चोरी हुन वा हराउन बाट जोगाउँछ ।

यो गाडीको एक्स्टेरियरमा बो सेप्ड फ्रन्ट बम्पर, फ्लोटिंग रुफ डिजाइन, टाइगर सेप्ड एलईडी हेडल्याम्प अर्थात् बाघको आँखाको जस्तै आकार भएको एलईडी हेडलैम्प, डे टाइम रनिङ ल्याम्प, पानी परेको थाहा पाउने वाइपर्स, पेनोरेमिक सनरूफ तथा किक सेन्सरको साथ पावर टेलिगेट जस्ता अन्य आकर्षक फिचर्सहरु छन् , जसले यसलाई अरुभन्दा फरक र आकर्षक बनाउँछ ।

यसको इन्टेरियरमा एनएपीपीए छालाबाट बनेको सीट र स्टीयरिंग व्हील रहेको छ जसमा रेडियो नियन्त्रण र ब्लुतुथ फोन नियन्त्रण प्रणाली समाहित रहेको छ। त्यस्तै ८ इन्चको ठुलो स्क्रीन, स्मार्ट मोबाइल फोन कनेक्टिविटी प्रणाली, इन्टेलिजेन्ट एयर फिल्टर, एन ९५ केबिन फिल्टर, ६ यु एस् बि पोर्टहरू तथा भेंटिलेटेड फ्रन्ट सीट यस एस् यु भीको इन्टेरियरमा रहेका छन्।

यसैगरी यो गाडी क्षमताको दृष्टिकोणले समेत अधिक शक्तिशाली रहेको छ। यसमा रहेको १।५ टी जीडीआई टर्बोचार्ज डाइरेक्ट इंजेक्शन ईन्जिनले इलेक्ट्रोनिक सिफ्ट लिभरको साथ ७–स्पीड डीसीटी प्रदान गर्दछ भने इन्टेलिजेन्ट रियल टाइम ४ डब्ल्युडी डुअल–मोड इलेक्ट्रिक पावर स्टीयरिंग तथा प्रोटन ट्युन्ड चेसिसले हिल होल्ड असिस्ट र हिल डिसेन्ट असिस्टमा सहायता पुर्याउँछन् ।

स्टार सेफ्टी रेटिङ्ग पाएको यस गाडीमा ६ ओटा एयरब्याग्स रहेका छन्। यसैगरी यस गाडीमा एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमरजेन्सी ब्रेक एसिस्ट, लेन डिपार्चर वार्निङ्ग, ब्लाईन्ड स्पट इन्फरमेसन सिस्टम, इन्टेलिजेन्ट हाइ बिम कन्ट्रोल, ३६० डिग्री थ्री डि क्यामेरा, टायर प्रेसर मोनिटरिङ्ग सिस्टम जस्ता अत्याधुनिक सुरक्षाका अतरिक्त सुरक्षाका सुविधाहरु रहेका छन्। पाँच स्टार सेफ्टी रेटिङ पाएको यस गाडीको ५ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ । यसको सुरुवाती मूल्य ८६ लाख ९९ हजार रुपैयाँ पर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार