विश्वासको मत नलिँदै मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री कार्की, यी बन्दैछन् मन्त्री

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नलिँदै मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । कार्कीले थप चार जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेको एमाले उच्च स्रोतले बतायो ।

स्रोतका अनुसार उनले मोरङका लिलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राईलाई मन्त्री बनाउने तयारी गरेका हुन् । थपिने सबै मन्त्री एमालेकै हुन् । यसअघि एमालेबाटै तीलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता कार्की पछिल्लो पटक गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको मितिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आगामी २१ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार