सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छन् ।

रोल्पाबाट दाङतर्फ तरकारी लैजाँदै गर्दा राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा सोमबार बिहान साढे ६ बजेतिर रा १ च १०२५ नम्बरको दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार मृतकको सनाखत हुन सकेको छैन । घाइते दाङ तुल्सिपुर उपमहानगरपालिका २ बस्ने ३५ वर्षीय नारायण योगीलाई उपचारका लागि दाङतर्फ पठाउने कार्य भइरहेको छ ।

उनका अनुसार तरकारी बोकेको जिप अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा परेको जिप सडकदेखि अन्दाजी ३ सय मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार