डिशहोमको “हरेक हप्ता सुपर स्टार सिजनकै मेगास्टार” अभियान सार्वजनिक

नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपर स्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्रमार्फत नगद रु एक लाख प्राप्तगर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझैँ जीवनशैली अनुभव गर्न सक्ने छन् ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपर स्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको सोकेस, सरोकारटिभी, रमाइलोटिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र नेसनल टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण गरिनेछ । “हरेक हप्ता सुपर स्टार सिजनकै मेगास्टार”अभियान आश्विन १, २०८० देखि सीमित अवधिको लागि नेपालभर लागू हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार