जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट पाँचजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित आस्विन राईको परेली होटलमा जुवातास खेलिरहेको अवस्थामा काभ्रेपलाञ्चोक नमोबुद्द नगरपलिका-७ बस्ने ३८ वर्षीय नारायण खनाल समेत ५ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।  

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद  ६७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार