बेनिनको पेट्रोल भण्डारमा आगो लाग्दा ३५ जनाको मृत्यु

बेनिनको दक्षिणपूर्वी ओउमे क्षेत्रमा गैरकानुनी ढंगले सञ्चालन गरिएको पेट्रोल भण्डार गृहमा आगो लाग्दा एक शिशुसहित कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् । 

बेननिको आन्तरिक तथा सार्वजनकि सुरक्षा मन्त्रालयका अनुसार शनिबार भएको उक्त आगलागीमा पेट्रोल भण्डार गरिएको स्थान वरपरका घरसमेत जल्दा भौतिक क्षति पनि धेरै भएको छ ।

इन्धन सञ्चय गरिएको स्थानमा आगो लाग्दा ठूलो विष्फोटको आवाज सुनिएको थियो । दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै वारुणयन्त्र, प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार