३४ वर्षअघि छिमेकीको हत्या गरी भागेका राई ६७ वर्षको उमेरमा पक्राउ

छिमेकीको हत्यापछि फरार भएका भोजपुरका एक वृद्ध ३४ वर्षपछि पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका साल्पासिलिछो गाउँपालिका- ५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आइतबार बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।

कार्कीले २०४६ साल कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या गरेको ठहर गर्दै भाजपुर जिल्ला अदालतले सर्वस्वसहित जन्म कैद फैसला गरेको थियो ।

राईलाई सुनसरीमा लुकीछिपी बसेको अवस्थामा केही दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। राईलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

त्यतिबेला २४ वर्षीय राईले स्थानीय बुद्धिकुमार राईलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्यापछि उनले राईका दुवै हात छिनाएर एउटा हातसमेत आफैँसग लिएर गएको प्रहरीले जनाएको छ ।

हत्यापछि भारततिर भागेका राई पछि सुनसरीमा आएर बस्न थालेका प्रहरी अनुसन्धानबाट खुलेको छ । सुराकीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउपछि उनले आफूहरुलाई दमन गरेकाले राईको हत्या गरेको बयान दिएका प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार