इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधान सेनापति शर्मा भारत प्रस्थान

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् ।

सोमबारदेखि बुधबारसम्म नयाँ दिल्लीमा हुने १३औं इन्डो प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन प्रधान सेनापति शर्मा आइतबार दिल्ली प्रस्थान गरेका हुन् ।

प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

भारत प्रस्थान गर्नु पहिले आजै प्रधानसेनापति शर्मालाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् ।

भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति शर्मा असोज ११ गते नेपाल फर्किनेछन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार