दाङमा खुकुरी प्रहार गरी एक महिलाको हत्या, दुई जना गम्भीर घाइते

दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको हत्या गरिएको छ । खुकुरी प्रहारबाट थप दुई जना गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका( ११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछाने रहेकी छन् । शनिबार दिउँसो साढे २ बजे स्थानीय टेकबहादुर हमालको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि रहेका बेला लामिछानेमाथि खुकुरी प्रहार भएको र उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।

खुकुरी प्रहारबाट स्थानीय अन्दाजी ६५ वर्षीया चन्द्रकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल गम्भीर घाइते भएका छन् । उनीहरूको हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी छ ।

खुकुरी प्रहार गर्ने हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरबाट खुकुरी लिएर निस्किएका टेकबहादुरले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार