नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई दोस्रोपटक भेटेका छन् ।
यसअघि गत साउन ३१ गते केन्द्रीय कारागार पुगेर खाँणसँग भेटघाट गरेका कोइरालाले आज बिहान पनि सोही ठाउँ पुगेर भेट गरेका हुन् ।
बिहान ९ बजेतिर कारागार पुगेका कोइराला र खाँणबीच आधा घण्टा कुराकानी भएको बताइएको छ । भेटका क्रममा उनको मुद्दा र समसामयिक विषयमा कुराकानी भएको स्रोतको भनाइ छ ।