बैतडीमा १९ वर्षीया किशोरी मृत भेटिइन

बैतडीमा १९ वर्षीया किशोरी मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ वर्षीया चन्द्रा विष्ट मृत अवस्थामा भेटिएकी हुन् ।

घरभन्दा डेढ सय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा भेटिएकी दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए । शुक्रबार दिउँसो एक बजेतिर उनी मृत अवस्थमा भेटिएकी हुन् ।

सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत विष्ट मृत्युको कारण भने खुलेको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार