अर्थमन्त्री महत एआइआइबिको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

अर्थमन्त्री डा. प्रकाशशरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआइआइबि)को वार्षिक बैठकमा सहभागी हुन इजिप्टको राजधानी कायरो प्रस्थान गरेका छन् ।

उनले एआइआइबिको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउनेछन् । उनको साथमा राजस्व सचिव डा. रामप्रसाद घिमिरे र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव कञ्चन बस्नेत सहभागी छन् ।

बैठकमा दिगो सीमा पार विकासको लागि उत्तरदायी विश्वव्यापी शासन सुनिश्चितताका लागि लगानी जुटाउने, उदीयमान बजारहरूमा दिगो पूर्वाधारको लागि निजी इक्विटी जुटाउने, हरित र प्रविधि सक्षम पूर्वाधारमा स्टार्ट-अपहरूको लागि भेन्चर क्यापिटल सोकेसको विकास गर्ने, जलवायु चुनौतीको सामना गर्न जलवायु वित्तका लागि स्रोतहरूको परिचालन गर्नेलगायतका विषयहरूमा छलफल हुने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार