शिक्षकसँगको वार्ता आज निष्कर्षमा पुग्ने मन्त्री गुरूङको दाबी

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शिक्षकहरूका मागमा आज निष्कर्षमा पुग्ने दाबी गरेका छन् । आजको वार्तामा शिक्षकहरूको माग पूरा गर्नेगरी छलफल हुने र निष्कर्षमा पुगिने उनले दाबी गरेका हुन् ।

मन्त्री गुरुङले भने, ‘शिक्षकहरूको मागमा हामीले बुँदागत रुपमा हिजोदेखि नै छलफल गरेका छौं । अब अन्तिम टुंगो लगाउने छौं । आज टुंगिन्छ ।’

मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग औपचारिक वार्ता सुरू हुने छ।

यसअघि बिहीबार पनि २ पटक वार्ता भएपनि कुनै निष्कर्ष निस्किन सकेको थिएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार