बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । गत मंगलबार र बुधबार क्रमिक रूपमा घटेको सुनको मूल्यमा आज आठ सय रुपैयाँले मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले वृद्धि हुँदै १ हजार ३१० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार