आजको मौसम अनुमान : सबै प्रदेशमा पानी पर्ने

आज (शुक्रबार) देशका सबै प्रदेशमा पानी पर्ने तथा केहीमा भारी वर्षा र हावाहुरीको समेत सम्भावना रहेकाले सजगता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

यस क्रममा कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ । साथै दिउँसो मधेश र कोशी प्रदेशका तराई भूभागका एक/दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुलेटिनअनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

यस क्रममा कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार