एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक, यस्ता छन् विशेषता

एनएमबि बैङ्क लिमिटेड र बुद्ध एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । सो कार्डले ग्राहकहरूको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैङ्क र बुद्ध एयरले लिएको छ ।

को–ब्रान्डेड डेबिट कार्डका ग्राहकहरूले काठमाडौँ उपत्यका भित्र रहेका बुद्ध एयरका तीन काउन्टरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० % छुट पाउनेछन् । यसको साथै ग्राहकहरूले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लान सक्नेछन् ।

एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई शत प्रतिशत भाडा (१००% क्यास ब्याक ) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरूलाई प्रदान गरिएको छ ।

एनएमबि बैङ्कले हाल देशभरि २०१ शाखाहरू, १४६ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार