धनकुटामा पिङबाट लडेर १० वर्षीय बालककाे मृत्यु

धनकुटाको महालक्ष्मी नगरपालिकाका एक बालकको पिङबाट लडेर मृत्यु भएको छ ।

महालक्ष्मी ५ माझिगाँउ निवासी मदन खड्काका १० वर्षीय छोरा मन्दिपको पिङबाट लडेर मृत्यु भएको हो ।

बुधबार दिउँसो धर नजिकैको रुखमा जुटको डोरीको पिङ बनाएरर खेल्ने क्रममा बालक लडेका थिए ।

पिङ खेल्ने क्रममा लड्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार