एनसेलको ‘बजार जाऔं’ कार्यक्रम, सीईओदेखि कर्मचारी ग्राहक भेट्न एनसेल सेन्टर र खुद्रा पसलमा

एनसेलले १८औं वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔं’ (गो टु मार्केट) कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम अन्तर्गत एनसेलका उच्चपदस्थ अधिकारीसहित अन्य कर्मचारीहरु देशैभरका विभिन्न एनसेल सेन्टर र आधिकारिक खुद्रा बिक्रेताहरुका पसल–पसल गएर आफ्ना ग्राहक र खुद्रा विक्रेताहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरेका छन् ।

‘बजार जाऔं’ ग्राहकहरुका गुनासा, सल्लाह र सुझावहरु व्यक्तिगत रुपमा सुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धता अनुरुप आयोजना गरिएको कम्पनीले जनाएको छ । कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहेर वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुसार यो बजार भ्रमण कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

नेपाली उपभोक्ताको निरन्तरको साथ र सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन र उनीहरुका कुरा बुझ्न एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ लगायत व्यवस्थपनका उच्चपदस्थ अधिकारीहरुले आइतबार एनसेल सेन्टर र खुद्रा बिक्रेताका पसलहरुमा भ्रमण गरेका थिए । भ्रमणका दौरान ग्राहकहरूसँग अन्तरक्रिया गरी उनीहरूका समस्याहरू समाधान गर्ने, सहजीकरणका लागि सहयोग गर्दै सल्लाह र सुझाव लिइएको कम्पनीले जनाएको छ ।

‘ग्राहकप्रतिको हाम्रो प्रतिबद्धताले एनसेललाई परिभाषित गर्दछ र यसले हाम्रा ग्राहकलाई बुझ्न थप मद्दत गर्छ। ग्राहक भनेको ‘किङ अफ मार्केट’ हुन् भन्ने हामीले बुझेका छौं र त्यसैले आफ्ना ग्राहकको सुझाव सल्लाह र गुनासोहरु केही भए त्यसबारे बुझ्न र उहाँहरुको आवश्यकता के छ भनेर हामीले थाहा पाउन आवश्यक छ । त्यसैले बजार गएर ग्राहकसँग कुराकानी गर्न जरुरी छ भन्ने हाम्रो विश्वास हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक कायुमोभले भने ।

उनले बजार केन्द्रित दृष्टिकोणले मात्रै नयाँ बजारका आवश्यकताहरु बुझ्न र द्रुत रूपमा त्यस्ता आवश्यकताहरु परिपूर्ति गर्न सक्ने विश्वास व्यक्त गरे ।

‘त्यसैले हामी सबैले वार्षिकोत्सव मनाउँदै बजार केन्द्रित बन्ने अभियानमा सहभागी भयौं। बजार केन्द्रित मानसिकता हामी सबैमा रहन आवश्यक छ । हाम्रा ग्राहकहरूसँग यसरी भेट्ने क्रमलाई हामी निरन्तरता दिने छौं,’ उनले भने ।

बजार भ्रमणका बेलामा प्रमुख कार्यकारी अधिकृत जाब्बोर, कम्पनीका उच्चपदस्थ अधिकारीहरु र अन्य सबै कर्मचारीहरुले आ–आफ्नो तोकिएका क्षेत्रहरुमा गरि देशैभरका सबै एनसेल सेन्टरहरु र ५०० भन्दा बढी खुद्रा बिक्रेताहरुका पसलमा पुगेका थिए । साथै ग्राहक, उपभोक्ताहरु र बिक्रेताहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरि मायाको चिनो समेत वितरण गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार