डडेल्धुरामा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा चार जना पक्राउ

डडेलधुरामा सामूहिक बलात्कारको आरोपमा चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार एक युवतीले दिएको उजुरीका आधारमा दुई दिनअघि उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् । घटना अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले पक्राउ पर्नेको नाम गोप्य राखेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराले आज दिउँसो ३ बजे घटनाका सम्बन्धमा जानकारी गराउने बताएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुमाथि गत वैशाख ५ गते नानिगाड खोलामा र गत वैशाख १२ गते साँझ डेकामा रहेको एउटा गोठमा लगेर युवातीलाई बलात्कार गरेको किटानी जाहेरी परेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार