छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगायो

तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ ।

बुद्ध सिंह मार्ग अन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । छाब्दी खोलामा मंगलबार राति आएको बाढीले पुल बगाएको स्थानीय किरण श्रेष्ठले बताए । पुल बगाएसँगै बुद्धसिंह मार्ग, केशवटार मार्गमा आवतजावत ठप्प भएको छ ।

खोला आसपासका घरहरु समेत जोखिममा रहेका व्यास–१ का वडाध्यक्ष खरसिं दरैले बताए । उनले भने, ‘बाढीले पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ, बेनिकोट, गुदीलगायतका स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार