काठमाडौंका यी ३२ खोप केन्द्रमा भेरोसेलको दोस्रो मात्रा लगाइने

कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत असार २२ देखि २४ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दोस्रो खोप लगाइने भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जसअन्तर्गत काठमाडौं उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइएको थियो । तीन लाख ७० हजार ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गते मंगलबार बिहान १० देखि अपराह्न ४ बजेसम्म लगाइने छ ।

यसैबिच स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार