सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनको कार्यक्रम फिर्ता

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ । आइतबार साँझ भएको उक्त सहमतिसँगै चिकित्सिकहरूले थालेको आन्दोलन स्थगित भएको छ ।

काठमाडौंमा भएको वार्तामा सञ्चो अस्पतालका चिकित्सकहरुमाथि भएको कुटपिटमा संलग्नहरुमाथि तत्काल पक्राउ गरेर कारवाही गर्ने सहमति भएको छ ।

चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले आजै वार्ता समिति बनाएको थियो ।

भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो ।

चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आइतबार आकस्मिकबाहेकका सेवा ठप्प पारेका थिए । सरकारले सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच हेटौंडामा डाक्टरमाथि आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार कारबाही गर्ने सहमति भएको छ । नेपाल चिकित्सक संघले अस्पताल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

वार्तामा सञ्चो अस्पताल कार्यरत दुई डाक्टरमाथि कुटपिट गर्ने थप पाँच जनालाई प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको र उनीहरुलाई छिटो पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार