६० किलो सुन तस्करी प्रकरण : २९ जनाविरुद्ध मुद्दा दर्ता

 सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालत मुद्दा दर्ता भएको छ । ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन तयार पारेको थियो । यद्यपि जिल्ला सरकारी वकिलको कार्यालयले भने २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।प्रतिवादीमध्ये ३ जना अझै फरार छन् ।

सबै आरोपितमाथि सुन तस्करी गरेकोमा  ३ अर्ब ५० करोड २ लाख रुपैयाँ,  ब्रेक प्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ रहेको जिल्ला अदालतमा पेश भएको अभियोग पत्रमा उल्लेख छ ।

प्रहरीले आरोपितमाथि बरामद भएको बाहेक अरु सुन पनि तस्करी गरेको आरोप लगाएको छ । आरोप पत्र अनुसार उनीहरुले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेका छन् ।

सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यलयमा बुझाएको थियो ।  

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार