म्याग्दीमा जीप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु, ३ गम्भीर घाइते

म्याग्दीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगला गाउँपालिका २ सिमलचौरमा बुधबार राति ८.३० बजे भएको जीप दुर्घटनामा परि एक महिला र एक बालकको मृत्यु भएको म्याग्दी प्रहरीले पुष्टि गरेको छ ।

मृत्यु हुने दुई जनामध्ये मंगला गाउँपालिकाका १९ वर्षीया सविना भण्डारी र १३ वर्षीय विमल विक रहेका छन् । दुर्घटनामा अन्य ६ जना  घाइते भएको र उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार सदरमुकाम बेनीदेखि पुनगाउँतर्फ जाँदै गरेको ग१ज ७६५२ नम्बरको बोलेरो जीप नेवारे खोलामा दुर्घटनामा परेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार