सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक र कर्मचारीले हिमाल डेन्टल हस्पिटलमा विशेष छुटसहितको सेवा पाउने भएका छन् । बैंक र हस्पिटलबीच सो सम्बन्धमा सोमबरा सम्झौता भएको हो ।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओपीडी, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धित सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बैंकका कर्मचारी तथा ग्राहकहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।