थप २ हजार ८९२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

नेपालमा बुधबार थप २ हजार ८९२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी कुल २८९२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण थप ४१ जनाको मृत्यु भएको छ भने यस्तै सोही अवधिमा ३ हजार ५९७ जना निको भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ । जसमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा र ३०१७ जना संस्थागत आइसोलेसनमा छन् ।

हालसम्म कोरोना संक्रमणका कारण ९ हजार ११२ जनाको मृत्यु भएको छ । हालसम्म १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार